दफा १०
खुल्ला इजलासमा सुनुवाई गरी सजाय निर्धारण गर्नु पर्ने
(१) कानून बमोजिम बन्द इजलासमा सुनुवाई हुने बाहेकका मुद्दामा कसूरदारलाई सजाय निर्धारण गर्दा खुल्ला इजलासमा निर्धारण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सजाय निर्धारण गर्दा सम्बन्धित कसूरदार वा निजको कानून व्यवसायी समेतको उपस्थितिमा गर्नुु पर्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षा वा सार्वजनिक हितको कारणले कसूरदारलाई अदालतमा उपस्थित गराउन नसकिने भएमा, कसूरदारले अदालतमा उपस्थित हुन इन्कार गरेमा, कसूरदार फरार रहेको अवस्थामा वा कसूरदारको कानून व्यवसायी उपस्थित नभएमा पनि यस ऐन बमोजिम सजाय निर्धारण गर्न बाधा पर्ने छैन ।
(४) उपदफा (३) बमोजिम अदालत समक्ष उपस्थित गराउन नसकिने कसूरदारलाई श्रव्य दृष्य सम्वाद (भिडियो कन्फरेन्स) मार्पmत उपस्थित गराउन सकिनेछ र त्यसरी उपस्थित गराइएकोमा यस दफाको प्रयोजनको लागि निज अदालत समक्ष उपस्थित भएको मानिनेछ ।